फ्रक्स जबको एकेडेमिक पार्टनरसिप प्रोग्राम

Read Time = 2 mins

काठमाडौं । योग्य र अनुभवी व्यवस्थापन अभ्यासकर्तालाई एउटै छातामुनि ल्याउनेक्रममा फ्रक्स जब कलेज ग्राजुएटसम्म पुग्ने र विद्यार्थीलाई करिअरको सही मार्गसँग जोड्नेतर्फ अघि बढेको छ । जसका लागि कम्पनीले विभिन्न कलेजमा फ्रक्स जब एकेडेमिक पार्टनरसिप प्रोग्राम (एफएपिपी) सुरु गरिएको जनाएको छ ।

एफएपिपीले भर्खरै स्नातक पूरा गरेका विद्यार्थीलाई करिअरतर्फ अझ प्रभावकारीरूपमा अघि बढ्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ । सोअन्तर्गत रोजगारीका अवसर खोज्न विद्यार्थी भौंतारिनुनपर्ने बरु फ्रक्स जबमा आबद्ध कम्पनी नै विद्यार्थीसम्म पुग्ने कम्पनीको दाबी छ ।

कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी र कलेजका लागि एफएपी कार्यक्रम सम्भाव्य रोजगारदाता भेट्ने, रोजगारी र इन्टर्नसिपका लागि आवेदन दिने र रोजगारी दिने कम्पनी फेला पार्ने अभूतपूर्व अवसर हो ।’ फ्रक्स जबले आफ्ना साझेदार कलेजका विद्यार्थीलाई हरेक वर्ष रोजगारीसम्बन्धी परामर्श पनि दिने गरेको जनाएको छ । कम्पनीले इटहरी, चितवन, नेपाजगञ्जलगायतका शहरमा पनि शाखा विस्तार गरेर सेवा प्रदान गर्दै आएको छ । नेपालभर कार्यक्रम सञ्चालनको तयारीमा रहेको फ्रक्स जबको कार्यक्रमले सयभन्दा बढी प्राविधिक र व्यावसायिक कलेजलाई समेट्ने लक्ष्य लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?