यस्तो छ तपाईंको असार २१ गते मंगलबारको राशिफल

Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल असार २१ गते मंगलबार, ई.सं.-५ जुलाई, २०२२ । तिथि- आषाढ शुक्लपक्ष षष्ठी, नक्षत्र- पूर्वफाल्गुनी, ७ः२७ बजे उप्रान्त उत्तरफाल्गुनी, योग- व्यतीपात, १०ः०६ बजे उप्रान्त वरियान्, करण- तैतिल, चन्द्रराशि– सिंह, सूर्योदयः ५ः१४, सूर्यास्तः १९ः०२ ।

मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

मिथुन : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

सिंह : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

कन्या : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।

वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।

धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाब हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?