कालीको हातमा चुरोट र झण्डा राखेपछि पोस्टरमा विवाद

Read Time = 2 mins

मुम्बई । आफ्नो चलचित्र चलाउन विभिन्न फण्डा गर्ने बलिउडका निर्माताहरूले यो पटक भगवानले नै चुरोट खाएको र समुदायको झण्डा बोकेको देखाएपछि फ्यानहरू भड्कीएका छन् । कुरा हो डकुमेन्ट्री फिल्म कालीको ।

भारतीय चलचित्र निर्माता लीना मणिमेकलाईले जुलाई २ मा उक्त डकुमेन्ट्री फिल्मको पोस्टर सार्वजनिक गरेकी थिइन् । जसमा काली माताले एक हातमा चुरोट तानिरहेको देखाइएको छ भने एलजीबीटीको समुदायको रंगीन झण्डा अर्को हातमा बोकेको देखाइएको छ ।

यति मात्र होइन, उनको एक हातमा त्रिशूल पनि छ । यी दुई कुरामा अहिले विवाद छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लीना मणिमेकलाई पक्राउ गर्न माग गरिरहेका छन्।

सामाजिक सञ्जालमा मानिसहरूले फिल्ममेकर  मणिमेकलाई चर्को रुपमा गाली गरिरहेका छन् ।  सोशल मिडियामा अहिले #arrestleenamanimekalai ट्रेन्डिङमा छ।

पोस्टरमा निर्माताले माँ कालीको अपमान गरेको मानिसहरूको भनाइ छ ।  लीना मणिमेकलाई हिन्दुहरूको भावनामा चोट पुर्याएको आरोप लागेको छ ।

फिल्ममेकर  मणिमेकलाईले आफ्नो डकुमेन्ट्री फिल्मको पोस्टर सेयर गर्दै आफ्नो फिल्म क्यानडाको फिल्म फेस्टिभल (रिदम्स अफ क्यानडा) मा प्रदर्शन भएको बताएकी थिइन् ।

उनी आफ्नो फिल्मलाई लिएर निकै उत्साहित थिइन् । तर पोस्टर बाहिर आएपछि मानिसहरूले यसलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्।

  • एजेन्सीको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?