नाडाल अन्तिम आठमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बोटिक भान डर जान्डस्कुपलाई हराएसँगै राफेल नाडालले विम्बल्डनको क्वार्टर फाइलमा टेलर फ्रिट्जको सामना गर्ने भएका छन् ।

दुई पटकका विम्बल्डन विजेता नाडालले ग्रान्ड स्लाममा ३५०औं जित दर्ता गर्ने क्रममा सोमबार अन्तिम १६ मा जान्डस्कुपमाथि ६-४,६-२,७-६ (८-६) को जित निकाले ।

फ्रिट्ज भने जेसन कुबरलाई सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेका थिए । फ्रिट्जले यसअघि इन्डियन वेल्स मास्टर्समा नाडाललाई हराएका थिए ।

नाडाल कीर्तिमानी २२ पटकका ग्रान्ड स्लाम विजेता हुन् । उनलाई समान २० ग्रान्ड स्लामसहित नोभाक जोकोभिच र रोजर फेडेररले पछ्याइरहेका छन् ।

ग्रान्ड स्लाममा पुरुष एकलमा सबै भन्दा धेरै जित फेडेररको नाममा छ । उनले चार सय २९ खेल जितेका छन् । त्यस्तै, जोकोभिचले तीन सय ७८ खेल जितेका छन् ।

नाडालले गत महिनामा मात्र फ्रेन्च ओपनको उपाधि जितेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?