रोम । इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्ने निर्णय गरेको छ । आपतकालीन अवस्था घोषणा गर्न लागिएका क्षेत्रहरूले सामान्यतया इटालीको कुल कृषि उत्पादनको लगभग ३० प्रतिशत योगदान दिन्छ ।
खडेरीले यो वर्ष ठूलो विनाश निम्त्याएको छ । आपतकाल घोषणपछि घर र व्यवसाय दुवैका लागि खानेपानी, राशनजस्ता विषयमा सुधार गर्न स्थानीय अधिकारीहरूलाई कदम चाल्न सजिलो हुने विश्वास गरिएको छ ।
वर्तमान अवस्थालाई असाधारण साधन र शक्तिका साथ प्रभावित जनतालाई राहत र सहायता प्रदान गर्ने आपतकालीन अवस्थाको उद्देश्य रहेको सरकारले जनाएको छ । खडेरी सामना गर्न सरकारले थप कदम चाल्न सक्ने र गर्मी मौसमको तापलहरले स्थानीयलाई समस्या भएको रोयटर्सले जनाएको छ ।
उत्तरी इटालीका पाँच क्षेत्रहरू- इमिलिया-रोमाग्ना, फ्रिउली भेनेजिया गिउलिया, लोम्बार्डी, पिडमोन्ट र भेनेटोमा पनि आपतकाल घोषणा गरिएको छ । एजेन्सी
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन