काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २४ जनालाई उपचारको लागि काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ ।
रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका तर पहिचान नखुलेको जनाइएको छ ।
आज बिहान १०ः३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ दीपककुमार पहाडीले जानकारी दिनुभयो । बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेको छ ।
उहाँका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
गरौँ योग : भगाऔँ रोग
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
कविता : निमन्त्रणा छ बालेन