कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । आबुखैरेनी गाउँपालिका -३ स्थित राजेन्द्र थकालीको निर्माणाधीन घरमा कौडा खेलीरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गोरखा अजिरकोट गाउँपालिका-४ बस्ने ४५ वर्षीय धन बहादुर गुरुङ लगायत १३ जनालाई सोमबार राति कौडा खेलीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हाे ।

उक्त घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ४ सय ३० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?