छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं र बागलुङबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ तिनथानाबाट ३ किलो ५ सय ग्राम गाजाँको धुलो जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका ३२ वर्षीय जिवन चौधरी छन् । उनलाई सोमबार साँझ प्रहरी पक्राउ गरेको हो ।

झोलामा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको दक्षिणकाली नगरपालीका-५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित लागूऔषधसहित एक जना सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका-९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारी रहेका छन् ।

उनको साथबाट १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ ।

कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५९५८ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनको झोलाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरिएको हो ।

यस्तै बागलुङको बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्कबाट नियन्त्रित लागूऔषध सहित चार जना सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही खैरेनी नगरपालिका-६ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद पुरीसहित छन् । उनीहरुको साथबाट ९ सय १७ एम्पुल नुरफिन, ९ सय ५ एम्पुल फनारगन र ९ सय २४ एम्पुल डाइजेपाम बरामद भएको प्रहरीले जनाएको छ ।

बुटवलदेखि बागलुङतर्फ जाँदै गरेको लु.२ ख ५३१६ नम्बरको बसमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?