अस्ट्रेलियामा बाढीः सिड्नीमा ५० हजारलाई घर छाड्न भनियो

Read Time = 1 min
A A- A+

सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ । यस वर्ष तेस्रो पटक आएको बाढीपछि सिड्नीका बासिन्दालाई घर खाली गर्न भनिएको हो ।

पछिल्लो चार दिनमा सिड्नीका केही भागमा एकदमै धेरै वर्षा भएको जनाइएको छ ।

वर्षाका कारण सडक अवरुद्ध भएको छ, केही घरहरू पानीमा डुबेका छन् भने हजारौं मानिस विद्युतविहीन बनेका छन् । यो वर्ष अस्ट्रेलियामा बाढीका कारण २० जनाको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश न्यु साउद वेल्स (एनएसडब्लू)का छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?