गुल्मी । गुल्मी चट्याङ्ग लागेर एक बालकको ज्यान गएको छ । आज बिहान जिल्लाको मदाने गाउँपालिका–१, अग्लुङ्गको निपानेका गुञ्जमान विष्टका छोरा १४ वर्षीय चन्द्र विष्टको चट्याङ्ग लागेर मृत्यु भएको हो ।
बिहान करिब ४ बजे घरमा सुतिरहेका १४ वर्षीय बालकलाई एक्कासी चट्याङ्ग लागेर घाइते भएका थिए । उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै, जिल्लाको छत्रकोट गाउँपालिका–६ दौघामा पनि चट्याङ्ग लागेर टोप बहादुर लम्तरीको गोठको भैंसी मरेको छ । अबिरल वर्षाका कारण इस्मा गाउँपालिका–१ तरिखर्कका बिनबहादुर रेस्मीको पहिरोले गोठ भत्किँदा एउटा भैंसी मरेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन