एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि

Read Time = 1 min

काठमाडौं । एकै दिन देशभर थप ९० जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

पछिल्लो २४ घण्टामा ३१ सय १२ को नमुना परीक्षण गरिएको थियो । यसमध्ये आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्‍ये ३९९जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।

पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् भने विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?