-पुरन साह
जनकपुरधाम । आलुको बोरामा राखेर नेपाल भित्र्याइरहेको अवस्थामा स्रोत नखुलेको ८३ लाख रुपैयाँ सशस्त्र प्रहरीले धनुषाबाट बरामद गरेको छ । आलुको बोराभित्र लुकाएर नेपाल ल्याउँदै गरेको ८३ लाख ६४ हजार ५ सय नेपाली रुपैयाँसहित धनुषाको बीओपी इनर्वा सशस्त्र प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका–५ उदहा बस्ने ३६ वर्षीय ईश्वर मण्डल रहेका छन् । त्यसैगरी जनकनन्दिनी गाउँपालिका–५ का १९ वर्षीय राजेश मण्डल पनि पक्राउ परेका छन् । उनले ज ७ प ५००७ नम्बरको मोटरसाइकल पछाडि राखेको आलुको बोरामा त्यो रकम राखेका थिए । सुरुमा सामाजिक सञ्जालमा ९० लाख बरामद भएको चर्चा चलेपनि प्रहरीले ८३ लाख ६४ हजार ५ सय सार्वजानिक गरेको छ ।
उक्त रकम लुकाएर ल्याउँदै गर्दा चेकजाँचको क्रममा बरामद भएको बीओपी इन्चार्ज एवम् डीएसपी शम्भु कटुवालले जानकारी दिए । उनलाई बरामद श्रोत नखुलेको रकमसहित आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त रकम हुन्डी कारोबारीको हुन सक्ने आशंका गरिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका