काठमाडौं । चिरपरिचित प्रतिद्वन्द्वी टाइम्सको चुनौतिलाई पन्छ्याउँदै रोयलले यु-२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा रोयलले टाइम्सलाई ६६–५७ को स्कोरमा स्तब्ध बनाउँदै उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रोयलले पहिल क्वार्टरमा २३-१८ को स्कोरबाट अग्रता लिएको थियो । दोस्रो क्वार्टरमा पनि रोयले अग्रतालाई कायम राखेको थियो । दोस्रो क्वार्टरमा २२-१६ अग्रता लिएको रोयलले तेस्रो क्वार्टर भने ८-१० ले पछि परेको थियो । अन्तिम तथा निर्णायक क्वार्टरमा समान १३-१३ स्कोर गरे पनि रोयलले समग्रमा ६६-५७ को स्कोर निकाल्दै उपाधि जित्न सफल भएको हो । रोयलका निकेस मगरले सर्वाधिक २२ स्कोर गर्नुभयो ।
च्याम्पियन बनेको रोयलले नगद एक लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता बनेको टायम्सले ५० हजार रुपैयाँमा चित्त बुझायो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगिता ७१ औं मदन जयन्तीका अवसरमा आयोजना भएको थियो ।
प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए । आयोजकले सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाएको थियो । विजयी खेलाडीलाई एकेडेमीका अध्यक्ष धु्रब आचार्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन