नाडाल विम्बल्डनको अन्तिम आठमा

हिमालय टाइम्स
Read Time = 2 mins

लन्डन । स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम आठमा प्रवेश गर्नुभएको छ । सेन्टर कोर्टमा सोमबार राती नेदरल्यान्ड्सका बोटिक भान डीलाई हराउँदै नाडालले क्वाटरफाइनलको यात्रा तय गर्नुभएको छ ।

दोस्रो वरीयताका नाडालले बोटिकमाथि ६-४,६-२ र ७-६ (८-६) को सेटमा जित निकाल्नुभयो । ३६ वर्षीय नाडालको यो ३०९ औँ ग्रान्डस्लाम जित हो ।

कीर्तिमानी २२औँ पटकको ग्रान्डस्लाम विजेता नाडालले दुईपटक विम्बल्डनको उपाधि जित्नुभएको छ । अब नाडालले अमेरिकाका टेलर फ्रिट्जसँग खेल्नुहुनेछ ।

यता महिलातर्फ रोमानियाकी सिमोना हालेप विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । सेन्टर कोर्टमा सोमबार राती स्पेनकी पाउला बाडोसालाई हराउँदै हालेपले क्वाटरफाइनलमा स्थान पक्का गर्नुभएको हो । विश्व वरीयताको १६औँ स्थानमा रहनुभएकी हालेपले चौथो वरीयताकी पाउलालाई ६-१ र ६-२ को सेटमा पराजित गर्नुभयो ।

अब हालेपले क्वाटरफाइनलमा अमेरिकी खेलाडी अमान्डा एनिसिमोभासँग खेल्नुहुनेछ । अमान्डाले हार्मोनी टानलाई ६-२ र ६-३ ले पराजित गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?