कप्तान रेनुका घाइते

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटे प्रशिक्षणका क्रममा घाइते हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा सोमबार अभ्यासका क्रममा उहाँ घाइते हुनुभएको थियो । घाइते हुनुभएको उहाँको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

रेनुकाको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा शल्यक्रिया गर्ने तयारी गरिएको छ । एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहनुभएको उहाँको क्लाभिकल कलरबोन अर्थात् घाँटीमुनिको बायाँ हड्डी भाँचिएको चिकित्सकले जनाएका छन् ।

महिला सिनियर टोलीका फिजियो आभास्ना राजभण्डारीका अनुसार उहाँको बी एन्ड बीका वरिष्ठ डाक्टर अमित जोशीले शल्यक्रिया गर्नुहुनेछ । शल्यक्रियापछि नै उहाँ कति समय मैदानबाहिर रहनुपर्ने हो सोबारे थाहा हुनेछ ।

चोटसँगै उहाँले भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप गुमाउने सम्भावना बढेको छ । रेनुका विभागीय टोली एपिएफकी कप्तानसमेत हुनुहुन्छ । उहाँ सन् २०१० देखि नियमित नेपाली महिला फुटबल टोलीकी सदस्य रहँदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?