काठमाडौं । नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुईजना खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको छ । फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशनबहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित हुनुभएको हो ।
अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारैजनालाई बाल्टिमोर काउन्टीअन्तर्गत डिस्ट्रिक्ट आठले सम्मान गरेको हो । चारैजनालाई डिस्ट्रिक्ट आठका डेलिगेट्स हृयारी भण्डारीले सम्मान गर्नुभएको थियो । साथै सोही क्षेत्रका जोसेप बोट्लेर र कार्ल ज्याक्सनले पनि सम्मानपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
सिंहलाई नेपाली खेलकुदमा पत्रकारिताका माध्यमबाट गरेको महत्वपूर्ण योगदानका कारण सम्मान गरेको हो भने अधिकारीलाई फोटो पत्रकारितामा गरेको योगदानको कदर गर्दै सम्मान गरिएकोे हो । चारैजनालाई नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरेको भण्डारीले जनाउनुभएको छ । उहाँ नेपाली मूलको सांसद हुनुहुन्छ ।
यसअघि रोशन, कौशल, भरत र नवयुगलाई बाल्टिमोरको १० नम्बर डिस्ट्रिक्टका डेलिगेट जे जेलेसीले पनि सम्मान गर्नुभएको थियो । नवयुगले कुवेतमा भएको एसियन कप छनोटमा नेपाली टिमको कप्तानी गर्नुभएको थियो । एनएसी कप फुटबलका लागि भरत र नवयुगले अमेरिकाको एलए गुराँसबाट खेल्नुभएको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन