काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागअन्तर्गत कार्यरत नायव बरिष्ठ भलिबल प्रशिक्षक जयन्द्रबहादुर चन्दलाई मंगलबार एक कार्यक्रमबीच विभागका निर्देशक अर्जुन बि.क.ले मायाको चिनोले सम्मान गर्दै बिदाई गर्नुभएको छ ।
चन्दलाई पूर्व निर्देशक एवं वरिष्ठ भलिबल प्रशिक्षक हरिहर श्रेष्ठले सम्मान पत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा अर्का पूर्व निर्देशक पार्थ सारथी सेन गुप्तको पनि उपस्थिति थियो ।
बि.सं. २०५२ आश्विन १ गते राष्ट्रिय खेलकुद परिषदमा भलिबल सहायक प्रशिक्षकको रुपमा सेवा प्रवेश गर्नुभएका चन्दले उमेर हदका कारण अनिवार्य अवकास प्राप्त गर्नुभएको हो । बिदाई कार्यक्रममा विभाग अन्तगर्तका उपनिर्देशक, प्रशिक्षक तथा कर्मचारीहरूको उपस्थिति थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन