काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कलाकार तथा साहित्यकारहरू राष्ट्रको एक महत्वपूर्ण अंग हुन् भन्ने प्रमाणित भएको बताउनु भएको छ । देशमा लोकतन्त्रको स्थापना तथा संरक्षणमा कलाकार तथा साहित्यकारहरूको भूमिकाबारे प्रष्ट्याउँदै प्रधानमन्त्री देउवा भन्नुहुन्छ, ‘संगीत-नाट्य प्रज्ञा-प्रतिष्ठान भनेको कला र कलाकारहरूको संस्था हो । सामान्यतया कलाकारलाई ‘राष्ट्रको गहना’ भन्ने गरिन्छ । तर, हाम्रो देशमा लोकतन्त्रको स्थापनामा तथा संरक्षणमा कलाकार-साहित्यकारले निर्वाह गरेको भूमिकालाई हेर्दा कलाकार-साहित्यकार भनेका राष्ट्रको एक महत्वपूर्ण अंगसमेत हुन् भन्ने प्रमाणित हुन्छ ।’
मंगलबार काठमाडौंमा नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको प्रतिष्ठानको १२औं प्राज्ञ सभा बैठक समुद्घाटन समारोहमा प्रधानमन्त्री देउवा आफ्नो धारणा राख्नुभएको हो । प्रधानमन्त्री देउवाले देशको लोकतन्त्र स्थापन र संरक्षणमा टेवा पुर्याउँदै आइरहेका कलाकारहरूसँग सहकार्य र समन्वय गर्दै राष्ट्रिय हितमा तिनको प्रयोग र परिचालन गर्ने सन्दर्भमा यस प्रज्ञा-प्रतिष्ठानले खेल्दै आएको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
स्वागत मन्तव्य राख्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले विभिन्न तालिम, कार्यक्रम, कार्यशालालगायत कार्यक्रममार्फत संगीत, नृत्य तथा नाट्य क्षेत्रको प्रतिष्ठानले संरक्षण अनि संवद्र्धन गर्दै आइरहेको जानकारी दिनुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठलगायत व्यक्तित्वको उपस्थिति थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका