सेयर बजार फेरि पुरानै अवस्थामा

Read Time = 3 mins

काठमाडौं । केही दिन उच्च अंकले बढेको सेयर बजार फेरि खुम्चिएको छ । पछिल्ला तीन दिनमा एक सय ७४ अंकले बढेर सोमबार ९.७५ अंकले घटेको सेयर बजार मंगलबार थप ४६ अंकले घटेको हो । मंगलबार सेयर बजार ४६ अंकले घटेको छ । कारोबारमा आएका सबै समूहका सूचक घटेका छन् । यस दिन दुई सय २९ कम्पनीका ८६ लाख १३ हजार कित्ता सेयर दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार दुई सय २४ रुपैयाँमा कारोबार भएको छ । सोमबार दुई सय ३४ कम्पनीका ९४ लाख ८१ हजार कित्ता सेयर चार अर्ब ३४ करोड ९२ लाख रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सानिमा बैंकको प्रमोटर सेयर सबैभन्दा धेरै ३० करोड २० लाख रुपैयाँमा कारोबार भएको छ भने अरुण काबेली पावर ११.८२ करोड, शिवम् सिमेन्ट्स १०.६० करोड र हिमालयन डिस्टिलरीको १०.२१ करोडको सेयर कारोबार भएको छ । अपर तामाकोसी, ङादी ग्रुप पावर, आशा लघुवित्त संस्थापक सेयर, अरुण भ्याली हाइड्रोपावर, एसियन लाइफ र नेपाल पुनर्बिमा कम्पनी शीर्ष कारोबार हुने १० कम्पनीभित्र समेटिएका छन् ।

सिवाइसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको सेयर १० प्रतिशतले बढेको छ भने आँधीखोला लघुवित्तको सेयर ९.६१ प्रतिशत, स्वाभिमान लघुवित्त ८.१०, युनियन हाइड्रोपावर ५.३७ प्रतिशतले बढेको छ । लक्ष्मी लघुवित्त, अरुण काबेली पावर, आँधीखोला लघुवित्त, आरबिबी क्युचुअल फन्ड र सिद्धार्थ स्किम ग्रोथ स्किम-२ को पनि सेयर मूल्य बढेको छ । तर घलेम्दी हाइड्रोको भने ६.६० प्रतिशतभन्दा धेरैले घटेको छ । दिव्यश्वरी हाइड्रोपावर ५.९२, अजोड इन्स्योरेन्स ५.८६, सिइडिवी हाइड्रोपावर ५.७५, शिवश्री हाइड्रोपावर ५.६०, जोशी हाइड्रोपावर ५.५८ प्रतिशत र नेपाल फाइनान्सको सेयरमूल्य पनि ५.५२ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?