सामसुङ ग्यालेक्सी १३ को बिक्री सुरु

Read Time = 1 min
A A- A+

काठमाडौं । सामसुङले नेपालमा ग्यालेक्सी १३ को बिक्री सुरु गरेको छ । ग्यालेक्सी एफ शृंखलाको पछिल्लो उत्पादनले जेन जेडका आकांक्षी र सहस्राब्दी उपभोक्तालाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्भूतपूर्ण शैली र अनुभव दिलाउने कम्पनीको दाबी छ ।

नयाँ फोनमा फुल एचडी प्लस डिस्प्ले, छ सय एमएएच ब्याट्री, अटो डाटा स्वचिङिलगायतका विशेषता रहेको सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले बताउनुभएको छ ।

आठ जिबी र्‍याम र र्‍याम प्लस विशेषताका साथमा ग्यालेक्सी १३ मा ५० एमपी ट्रिपल रियर क्यामरा र आठ एमपी अग्र क्यामरा रहेको छ । विभिन्न रङमा उपलब्ध ग्यालेक्सी १३ को मूल्य २३ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?