पीएसजीका प्रशिक्षक पोचेटिनो बर्खास्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) ले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनो १८ महिनामै बर्खास्त गरेको छ ।

पीएसजीले मंगलबार ५० वर्षीय अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोलाई बर्खास्त गरेको जनाएको हो । पोचेटिनो सन् २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

पोचेटिनो प्रशिक्षणमा पीएसजीले सन् २०२० को ट्रफी डेस च्याम्पियन्स, २०२०–२१ को कप डे फ्रान्स र फ्रेन्च लिग वानको उपाधि जितेको थियो । पोचेटिनोको १८ महिने कार्यकालमा पीएसजीले ८४ खेल खेलेको थियो ।

यूईएफए च्याम्पियन्स लिगलाई मुख्य लक्ष्य बनाएको पीएसजी गएको सिजन पनि अन्तिम १६ बाटै बाहिरिएपछि मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?