उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

उदयपुर । वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका(५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार ज्यान गएको हो ।

चट्याङबाट घाइते हुनुभएका चौधरीलाई उपचारका लािग सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

खेतबारीमा काम गरिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उहाँ घाइते हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?