नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै, अध्यक्षले जवाफ दिने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा शुरु हुनेछ ।

आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि नेताहरूले राखेका जिज्ञासाको पार्टी अध्यक्षले जवाफ दिने कार्यतालिका छ ।

१९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्जरअध्यक्षहरूले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।

बैठकमा सहभागीहरूले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनु पर्ने धारणा राखेका थिए ।

तर अहिले स्थायी कमिटी र पोलिटव्युरो मात्र टुंगो लगाएर केन्द्रीय समिति बैठक सम्पन्न गर्ने तयारी रहेको बताइएको छ ।

गत २०७८ पुस १८ गते काठमाडौंमा सम्पन्न आठौं महाधिवेशन अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिंदै सम्पन्न भएको थियो । तर अन्य पदाधिकारीहरू अहिलेसम्म पनि चयन गरिएको छैन ।

आठौं महाधिवेशनले पारित गरेको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहितको पदाधिकारी रहने व्यवस्था छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?