वर्षाका कारण खेल रद्ध

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाण्डौं । नेपाल र क्यानडाबीच मंगलवार तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्ध भएको छ ।

क्यानडाको किंग सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा लगातार वर्षा भएपछि खेल सुचारु नै भएन । नेपालले क्यानडासँग दुई एकदिवसीय खेलको श्रृंखला खेल्ने तालिका रहेको थियो । जसअन्तर्गतको पहिलो खेल रद्ध हुन पुगेको हो । दोस्रो खेल आज हुनेछ ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ को तयारीमा रहेको नेपाल क्यानडाबाटै स्कटल्याण्ड त्रिकोणात्मक श्रृंखला खेल्न जाने तालिका रहेको छ । श्रृंखलामा नेपाल, आयोजक स्कटल्याण्ड र नामिबियाले प्रतिष्पर्धा गर्दैछन् ।

एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको स्थानीय क्लवसँग एक एकदिवसीय र एक ट्वान्टी-२० अभ्यास खेल खेलेको थियो । जसमा नेपालले एकदिवसीय खेलमा स्थानीय ओन्टारियो क्लवलाई ६९ रनले र ट्वान्टी-२० खेलमा ५५ रनको सुखद् नतिजा निकालेको थियो ।

विश्वकप क्रिकेट लिग -२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले स्कटल्याण्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ । स्कटल्याण्डमा हुने श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डबिरुद्ध जुलाई १३ मा खेल्नेछ ।

नेपालले तेस्रो खेलमा नामिबियाबिरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डबिरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?