सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

Read Time = 1 min
A A- A+

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका-६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि-१ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिराहाबाट भैसी लोड गरि काठमाण्डौ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रीत भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढसय मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?