काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई आज संसदमा बोल्न नदिने भएको छ ।
अर्थमन्त्री शर्माले आजको बैठकमा आफूमाथि लागेको आरोपबारे बोल्ने तयारी भैरहदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने शर्मालाई संसदमा बोल्न नदिने तयारी गरेको हो ।
अर्थमन्त्रीले संसदमा बोल्ने नैतिक आधार गुमाएको भन्दै एमालेले बोल्न नदिने निर्णय गरेको हो । अर्थमन्त्रीलाई संसदमा आज कुनै हालतमा बोल्न नदिने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।
यसैबीच आज बिहान बसेको माओवादी केन्द्रको बैठकले बजेटबारे उठेका प्रश्नमा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन