कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

Read Time = 2 mins
A A- A+

नेपालगञ्ज । कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके नेपालगञ्ज उपमहानगरपालिका-६ कसाईटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र बाँके साविक सोनपुर गाबिस-९ ठेगाना भएका ३४ वर्षीय जोहरू भाट रहेका छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

अच्छन अलिले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते दाईजो कम ल्याएको कुरामा टाउकोमा लाठी र भाला प्रहार गरी गम्भीर घाइते बनाएका थिए । २०७५ साउन २१ गते भारतको लखनउमा उपचारको क्रममा अलिको पत्नीको मृत्यु भएको थियो ।

यसैगरी जोहरू भाट समेत २ जनाले २०७० भदौ ७ गते दिउसो बाँके साविक सोनपुर गाविस-२ स्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी एक महिलालाई सामूहिक बलात्कार गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेले २० वर्ष कैद सजाय सुनाएको थियो । जोहरू भाटलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेबाट ७ वर्ष कैद र ५० हजार रूपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

अदालतले सजाय सुनाएपछि फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जमुनाहास्थित नेपाल-भारत सिमावर्ति क्षेत्रबाट फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?