अर्घाखाँची । शितगंगा नगरपालिका-९ का विभिन्न गाउँमा पहिलो पटक बिजुली पुगेको छ । साबिकको सिद्धारा गाबिसको पाँकुरी, देउराली, ठाडाखोला र सिस्नेगाँउमा मंगलबार बिजुली पुगेको हो ।
गाउँ पुगेको बिजुली बत्तीको पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, प्रदेश सरकारका सांसद रामजी घिमिरे, वडा अध्यक्ष भम केसीले स्विच अन गरेर उद्घाटन गर्नुभएको थियो ।
विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेको बिजुली विस्तारअन्तर्गत शितगंगाको विकट गाउँमा बिजुली पुगेको हो । गाउँमा पहिलो पटक बिजुली बत्ती बलेपछि स्थानीयले नाच गान गरेका थिए । पहिलो चरणमा यहाँका एक सय ६० घरमा बिजुली पुगेको छ ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेले जनताले विकासप्रेमी जनप्रतिनिधि छनोट गर्न सके विकास निर्माणले गति लिने बताउनुभयो ।
प्रदेशसभा सदस्य रामजी घिमिरेले शितगंगा नगरपालिकाको विकट भनेर चिनिने सिद्धाराको विकासमा प्रदेस सरकारबाट आवश्यक बजेट ब्यवस्थापन भइरहेको बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
गरौँ योग : भगाऔँ रोग
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
कविता : निमन्त्रणा छ बालेन