अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ : नैनसिंह महर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गर्नुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले जारी विवाद संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो । ‘अर्थमन्त्री बारे उठेका गम्भीर प्रश्नको उत्तर दिने काम सरकारको हो । त्यसैले संसदीय छानबिन समिति गठन गरेर आवश्यक कामकारबाही अगाडी बढाइनु पर्छ। र, यसको सत्यतथ्य जानकारी जनतालाई दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

नेता महरले अर्थमन्त्रीमाथि उठेका गम्भीर प्रश्नको उत्तर दिने काम सरकारको भएको बताउनुभयो । ’अर्थमन्त्रीबारे गम्भीर प्रश्न उठिसकेपछि यसबारे संसद् र जनतालाई जवाफ दिने काम सरकारको हो ।

एक अमुक पार्टी र व्यक्तिका लागि लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउने काम शोभनिय हुँदैन। संसदीय छानबिन समिति गठन गरेर निष्पक्ष छानबिनका माध्यमले आवश्यक काम कारबाही अगाडि बढाइनु हितकर हुन्छ,’ उहाँले भन्नुभयो ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।

बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सीसीटिभी फुटेज माग्दा मन्त्रालयले डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएको थियो। मन्त्रालयको गैरजिम्मेवारपूर्ण जवाफपछि अर्थमन्त्री शर्मामाथि छानबिन हुनुपर्ने र राजीनामा दिनुपर्ने माग प्रतिपक्षी र गठबन्धनबाट उठिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?