पाल्पाको रामपुरमा भएका छुट्टाछुट्टै घटनामा दुई वृद्धको मृत्यु

Read Time = 2 mins

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पाको रामपुरमा भएका छुट्टाछुट्टै घटनामा दुई वृद्धको ज्यान गएको छ । यहाँ एक जनाको विषादी सेवनबाट र अर्को एक जना मृत अवस्थामा भेटिएका हुन् ।

आफ्नै घरमा रहेको तरकारीमा प्रयोग गरिने विषादी सेवन गरी रामपुर नगरपालिका १ आरुखर्कका ७५ वर्षीय शेरबहादुर दर्जीको ज्यान गएको हो । मादक पदार्थ सेवन गरेका दर्जीले सोमबार तरकारीमा प्रयोग गर्न राखिएको विषादी सेवन गर्नुभएको थियो । विषादी सेवन गर्नुभएको उहाँलाई उपचारको लागि रामपुर अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि मंगलबार लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएको थियो । घरको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालबाट आफन्तहरुले घरमै फिर्ता लगेका थिए । उहाँको घरमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै रामपुर नगरपालिका ७ विजयपुरस्थित चोक सडक छेउमा ६९ वर्षीय भुवन दमाई मृत फेला परेका हुन् । स्याङ्जाको चापाकोट नगरपालिका– ७ हिलेमराङ घर भई हाल रामपुर ५ मा बस्दै आएका दमाई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?