काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेको प्रश्नको जवाफ माओवादी केन्द्र) र अर्थमन्त्री स्वयंले दिनुपर्ने बताउनुभएको छ ।
बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नहरुको जवाफ सम्बन्धित पार्टी नेकपा (माओवादी केन्द्र) र अर्थमन्त्री आफैँले दिनुपर्ने बताउनुभएको हो ।
उहाँले अर्थमन्त्रीमाथि उठेको सवालहरुको हेलचेक्र्याँइ गर्नु नहुने बताउनु भयो ।
उहाँले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिहरुलाई समावेश गराएको हो भने गम्भिर घटना भएको र त्यसको छानबिन गरी सत्यतथ्य बाहिर आउनुपर्ने बताउनु भयो । बाहिर आएका कुरा सत्य हो भने अर्थमन्त्रीको राजीनामा स्वभाविक भएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘अहिले जुन धरातलबाट यो प्रश्न उठेको छ । यसको जवाफ सम्बन्धित पार्टीले अविलम्ब दिनुपर्छ । सम्बन्धित व्यक्तिले पनि दिनुपर्छ । यस्ता सवालहरुमा हामीले हेलचेक्र्याँइ गर्नु हुँदैन । लिपपोत पनि गर्नु हुँदैन । मुलुकमा सबै कुरा पारदर्शी हुनुपर्छ भनेर हामी संविधान लेख्ने । अनि काममा त्यो नगर्ने खालको कुराहरु हुनु हुँदैन । सबैकुरा पारदर्शी हुनुपर्छ । र कहीँ गल्ती, कमजोरी भएको छ भने सम्बन्धित व्यक्तिले जिम्मेवारी लिनुपर्छ । घटनाक्रमको राम्रो ढंगले छानबिन र त्यसको तथ्यहरु बाहिर आउनुप-यो । तथ्यहरु अहिले जसरी प्रचार भइराखेको छ, त्यो प्रचार भएको कुरा सही हो भने राजीनामा स्वभाविक कुरा हो । यो एकदमै गम्भिर घटना हो र यो घटनाको सत्य कति हो राम्ररी छानबिन गरेर बाहिर ल्याइनुपर्छ । यस्ता खालका घटना घट्न थालेभने मुलुकमात्र होइन धेरै कुराहरुमा गम्भिर प्रश्न उठ्छ ।’
उहाँले अर्थमन्त्री शर्मा माथिको आरोपको विषय गठबन्धनमा छलफल योग्य विषय भएपनि हालसम्म गठबन्धनमा छलफल नभएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच