सन्दीपले तल्लावाजबाट सिपिएल खेल्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् ।

आगामी ३० अगस्टदेखि ३० सेप्टेम्बरसम्म हुने प्रतियोगिताका लागि तल्लावाजले सन्दीपलाई अनुबन्ध गरेका जानकारी दिएको छ ।

सन्दीपले २०२० मा पनि जमैका तल्लावाजबाटै सिपिएल खेलेका थिए । सन्दीपले यसअघि सेन्ट किट्स एन्ड भेभिस प्याट्रिओट्सबाट पनि सिपिएल खेलिसकेका छन् ।

मंगलबार मात्रै सन्दीप श्रीलंकाको फ्रेन्चाइज लिग खेल्ने पक्का भएको थियो । ३१ जुलाई देखि २१ अगस्टसम्म हुने लंका प्रिमियर लिगका लागि दमुल्ला जायन्ट्सले ४० हजार डलरमा सन्दीपलाई अनुबन्ध गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?