२ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न सरकार समक्ष आयोगको सिफारिस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २ गते गर्न गर्न सरकारलाई सिफारिस गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारी टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गरेका हुन्।

प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार संघ र प्रदेशको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने तयारी आयोगको रहेको छ । आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको अनुभवका आधारमा एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव पनि दिएको छ । ‘एकै चरणमा निर्वाचन गर्दा निर्वाचन निष्पक्ष, स्वतन्त्र, मितव्ययी र विश्वसनीय हुने आयोगको अनुभव रहेको छ,’ आयोगका प्रवक्ता पौडेलले भन्नुभयो ।

आयोग पदाधिकारीले निर्वाचनको तयारीका लागि चाहिने १ सय २० दिनको समय छुट्ट्याएर ढिला नगरी मिति घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ।

निर्वाचनको मिति आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ।

आयोगले विद्युतीय मतदान यन्त्रको प्रयोग बढाउँदै जानुपर्ने सुझाव पनि सरकारलाई दिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले ६ वटा निर्वाचन क्षेत्रहरुमा र वि.सं.२०७१ सालको संविधानसभा उपनिर्वाचनमा पाँचवटा निर्वाचन क्षेत्रमा विद्युतीय मतदान यन्त्र प्रयोग गरिएको आयोगले उल्लेख गरेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?