इस्ट्रिङ अप्रेशन: यसरी पुग्यो नक्कली डाक्टरसम्म प्रहरी

Read Time = 4 mins
A A- A+

-डम्मर बुढा मगर

बागलुङ । बुधबार विहान १० बजे निसीखोला गाउँपालिकाका डिलबहादुर क्षेत्री यातायात व्यवस्था कार्यालय बागलुङमा सवारी अनुमति पत्र नविकरण गर्न पुग्नुभयो । कार्यालयका एक कर्मचारीले उहाँलाई स्वास्थ्य परीक्षण गरेर रिपोर्ट ल्याउन भने । क्षेत्री स्वास्थ्य परिक्षण गर्न नजिकै रहेको शंकर पोलिक्लिनिकमा जानुभयो । उहाँलाई डाक्टरले स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दिनु पर्नेमा क्लिनिकमा काम गर्ने नक्कली डाक्टर नवलपारसीको कावासोति नगरपालिका-९ का २० वर्षीय गणेश भण्डारीले उहाँलाई रिपोर्ट थमादिए ।

क्षेत्रीले नक्कली डाक्टरले आफ्नो स्वास्थ्य परीक्षण गरेको शंका लागेपछि हिमालय टाइम्सकर्मीलाई खबर गर्नुभयो । जानकारी पाउन साथ हिमालय टाइम्सकर्मी सो पोलिक्लिनिकमा पुग्दा भण्डारीले अन्य सेवाग्राहीलाई समेत धमाधमा स्वास्थ्य परीक्षण गरि रिपोर्ट दिइरहेका थिए । सो क्लिनिकमा काम गर्ने डाक्टर धादिङ बेसीका २७ वर्षीय राम अर्याल भने क्लिनिकमा थिएनन् । तर उनकै नामको हस्ताक्ष गरेको काजगमा स्वास्थ्य परीक्षण प्रमाण पत्र भण्डारी सेवाग्राहीलाई धमाधम बेचिरहेका थिए ।

सेवाग्राहीलाई सहज रुपमा सेवा दिनका लागि यातायात व्यवस्था कार्यालय बागलुङले शंकर पोलिक्लिनिकसँग केही महिना अगाडी सम्झौता गरेको थियो । डाक्टरले काम नगरि नक्कली डाक्टरले धमधम रिपोर्ट वितरण गरेको जानकारी पाएपछि यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले यस विषयमा उनीहरुसँग सोधपुछ गर्ने बताउनुभयो ।

गैरकानुनी रुपमा नक्कली डाक्टर बनेर स्वास्थ्य परीक्षण गरेको हिटाकर्मीले प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कायालय बागलुङको टोली क्लिनिकमा पुगी भण्डारी र अर्याल दुबैलाई दुई जनालाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिएका दुई जनालाई मुलुकी अपराध २०७४ को परिच्छेद १९ अनुसार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्ष इन्द्रबहादुर नाराले जानकारी दिनुभयो ।

‘हामीलाई पत्रकारकाले जानकारी गराएपछि क्लिनिकमा पुग्यौँ, त्यहाँ पुग्दा नक्कली डाक्टरले स्वास्थ्य परीक्षण गरेको रिपोर्ट बाँडिरहेको पाइयो,’ प्रहरी नायव उपरीक्षक रानाले भन्नुभयो ‘गैरकानुनी रुपमा स्वास्थ्य परीक्षण गर्न र प्रमाण पत्र दिन पाइँदैन, त्यसपछि उहाँहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौँ ।’

पक्राउ परेका डाक्टर राम अर्यालले आफू खाना खान गएको बेला क्लिनिकमा काम गर्ने कर्मचारीले स्वास्थ्य परीक्षण गरि प्रमाण पत्र दिएको बताउँछन् । गैरकानुनी रुपमा स्वास्थ्य परीक्षण गरि रिपोर्ट बाढ्ने गणेश भण्डारीले यो सामान्य भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?