प्रिमियरमा फुटसल र बास्केटबल असार २६ देखि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रिमियर इन्टरनेसनल आइबी इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम एसइई कपअन्तर्गत फुटसल र बास्केटबल प्रतियोगिता असार २६ गतेदेखि हुने भएको छ । दुवै खेलमा बढीमा २४ टिमलाई मात्र सहभागी गराइने प्रतियोगिताका संयोजक राजु श्रेष्ठले जनाउनुभएको छ ।

ब्वाइजतर्फ मात्र प्रतिस्पर्धा हुनेछ । बास्केटबल थ्री बाई थ्री स्वरूपमा हुनेछ । गल्र्समा भने दुई सातापछि बास्केटबल प्रतियोगिता आयोजना गर्ने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

फुटसलका विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नुहुनेछ । बास्केटबलमा पहिलोलाई ३५ हजार र दोस्रोलाई २० हजार नगदबाट पुरस्कृत गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरू खुमलटारस्थित आयोजकको आफ्नै पूर्वाधारमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?