काठमाडौं । शंकरदेव श्रेष्ठको अध्यक्षतामा रहेको नेपाल आइटिएफ काठमाडौं जिल्ला संघले पूर्णता पाएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिले पूर्वखेलाडी शंकरदेवको अध्यक्षतामा रहेको काठमाडौं जिल्ला आइटिएफ तेक्वान्दो संघलाई मान्यता दिएको हो ।
आयोजित एक कार्यक्रमबीच काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतीले निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई फूलमाला र खादा लगाएर बधाई दिनुभएको छ ।
यसअघि एक भेलाले शंकरदेवको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नेपाल आइटिएफ काठमाडौं जिल्ला संघ तदर्थ कमिटी गठन गरेको थियो । तर, जिल्ला खेलकुद समितिले मंगलबार मान्यता दिएसँगै काठमाडौं जिल्ला आइटिएफ संघले पूर्णता पाएको हो ।
निर्वाचित अध्यक्ष शंकरदेव आइटिएफ तेक्वान्दोका पाँचौं डान प्राप्त खेलाडी समेत हुनुहुन्छ । नेपाल आइटिएफ काठमाडौं जिल्ला संघको उपाध्यक्षमा सरोज ठकुरी र सचिवमा रितिज पुरी निर्विरोध निर्वाचित हुनुभएको थियो । कोषाध्यक्षमा डेविड घलेले जिम्मेवारी पाउनुभएको छ ।
त्यस्तै सदस्यहरू निस्मा बस्याल, सचिना सुनार, रञ्जन श्रेष्ठ, कर्साङ दोर्जे, स्यांका तामाङ, रञ्जु पुलामी मगर र शर्मिला परियार रहनुभएको छ । निस्मा एसियन च्याम्पियनसिपका पदक विजेतासमेत हुनुहुन्छ । निर्वाचित कार्यसमितिको पहिलो बैठकले सुदेव पण्डित, गोपाल श्रेष्ठ र निरञ्जन सेढाईंलाई सल्लाहकारमा चयन गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका