ऋत प्रि-क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक ऋत एकेडेमी ऋत एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । वसुन्धारास्थित घरेलु कोर्टमा ऋतले ब्ल्याक रिबनलाई आठ-पाँचले पराजित गर्‍यो ।

ब्वाइजमै एन्जल्स हार्ट ‘ए’ ले सिनर्जीलाई सात-दुई, इन्साइट भिजन ‘ए’ ले बलर्स एकेडेमीलाई सात-पाँच र बुद्ध नेसनल एकेडेमीले विद्या व्यायामलाई सात-तीनले हराउँदै प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

ब्वाइजकै अन्य खेलमा सफलता हात पार्दै एनसिसिएस, नखिपोट, स्किब्स, एन्जल्स हार्ट ‘बी’, न्यु मिलिनियम, त्रिकोण, हिमरश्मी, न्यु जेनिथ ‘ए’ र ‘बी’, विस्ट, ग्रिओन टिम र इन्साइट भिजन ‘बी’ ले पनि प्रि-क्वाटरफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको ऋत एकेडेमीका प्रिन्सिपल आनन्दकुमार यादवले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । प्रतियोगिताको ब्वाइजमा ८० र गल्र्समा १६ गरी ९६ टिमको सहभागिता रहेको ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जनाउनुभएको छ ।

ब्वाइज/गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः सात हजार, पाँच हजार र तीन हजार ५०० नगद पुरस्कार पाउनेछन् । ब्वाइज/गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्ने प्रत्येक टोलीका खेलाडीलाई ऋतमा प्लस २ अध्ययनका लागि ३० प्रतिशत छात्रवृत्ति पनि प्रदान गरिनेछ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समेत सोहीअनुसारको छात्रवृत्ति उपलब्ध गराइने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?