चण्डीगढ । आम आदमी पार्टी (आप)बाट निर्वाचित भएर भारतको पञ्जावमा मुख्यमन्त्री बन्नुभएका भगवन्त मानले दोस्रोपल्ट बिहे गर्दै हुनुहुन्छ । उहाँले चण्डीगढस्थित आफ्नै घरमा (बिहीबार) आज विवाह गर्न लाग्नुभएको हो ।
मुख्यमन्त्री भगवन्तले डा.गुरप्रीत कौरसँग विवाह गर्न लाग्नुभएको हो । उहाँको विवाहमा दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पनि सहभागी हुँदै हुनुहुन्छ ।
मुख्यमन्त्री भगवन्त ४८ वर्षको हुनुहुन्छ । उहाँको पहिलो पत्नी इन्दरप्रीत कौरसँग सन् २०१५ मा सम्बन्धविच्छेद भएको थियो । पहिलो पत्नीबाट भगवन्तका दुई बच्चा छन् । दुवै बच्चा आमासँगै अमेरिकामा बसिरहेका जनाइएको छ । भगवन्त सन् २०१४ मा सांसद बन्नुभएको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन