पहिलो पल्ट संगीत प्रतियोगिता

Read Time = 2 mins
A A- A+

काठमाडौं । नेपाली सांगीतको इतिहासमा लेखन, संगीत र गायनको संयुक्तरूपमा प्रतियोगिता हुँदै आएको भए पनि विशुद्ध संगीत प्रतियोगिता पहिलोपटक सम्पन्न भएको छ । नेपाली संगीतको विकास र विस्तारको अभियानमा नेपालमा पहिलोपटक संगीत प्रतियोगिता राजधानीमा एक समारोहबीच सम्पन्न भएको हो ।

प्रसाइसन इन्टरटेनमेन्टले आहृवान गरेको राष्ट्रव्यापी प्रसाइसन संगीत प्रतियोगितामा देशभरबाट २६ जना संगीत विधाका प्रतिभाले भाग लिएका थिए । गीतकार, गजलकार चन्द्र प्रसाईं परिष्कृतको शब्दमा ‘म आफैं रुझेकी जोवनले रुझायो…’ बोलको गीतमा उदयपुरका इन्द्र आर.पी., संखुवासभाका केशव अधिकारी, चितवनका जीबी सुनार, सुनसरीका पासङ तामाङ र बाँकेका सुजन थारु रहनुभएको थियो । उत्कृष्ट पाँचमध्येका चितवनका जीबी सुनार प्रथम हुनुभएको छ । प्रतियोगितामा प्रथम हुनुभएका संगीतकारलाई नगद ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियोे ।

समारोहमा गीतकार चन्द्र प्रसाईं ‘परिस्कृत’ले अमेरिकाबाट पठाएको भिडियो सन्देश प्रसारण गरिएको थियोे । उहाँले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । यो कार्यक्रमलाई वार्षिक रूपमा अगाडि बढाउने उहाँले प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रमको निर्णायकमा वरिष्ठ गायक आनन्द कार्की, विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ र लोकप्रिय गायिका प्राश्ना शाक्य रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?