साराको ‘गुञ्जन’ आगामी पुस २९ मा रिलिज

Read Time = 2 mins

काठमाडौं । फिल्म ‘गुञ्जन’ आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्म वितरकका लागि काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीसम्म सम्झौता गर्दै फिल्मको रिलिज मिति तय गरेको हो ।

विशुद्ध प्रेमकथाको बिषयमा बनेको फिल्ममा सारा सिर्पाली, प्रितमराज सेञ्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङ्तान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायत कलाकारको अभिनय देख्न सकिन्छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्नु भएको हो ।

विगत दुई दशकदेखि चलचित्रको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जन चलचित्रका निर्देशक हुनुहुन्छ । थुप्रै चलचित्रमा द्धोन्द निर्देशन गरेका अष्टले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्नु भएको हो । हीराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । काठमाडौं , पोखरा, जोमसोममा र दुवईमा छायांकन भएको छ ।

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ । चलचित्रमा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्ससमेत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?