एकै दिन सुनको भाउ १६ सयले घट्यो

Read Time = 1 min

काठमाडौं । विश्व बजारमा सुनको मूल्य हृवात्तै घटेको छ । अमेरिकी डलरको विनिमयदरमा भएको वृद्धिका कारण सुनचाँदी बजार मूल्य खस्किएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका प्रवक्ता मनोजकुमार साहले विश्व बजारमा सुनको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको बताउनुभयो ।

अमेरिकी डलरको विनिमयदरमा भएको वृद्धिसँगै लगानीकर्ता डलरतर्फ आकर्षित हुँदा सुन बिक्रीमा चाप पर्न थालेपछि सुनको मूल्यमा कमी आएको उहाँको भनाइ छ । प्रवक्ता साहका अनुसार मंगलबार प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा झरेको छ । चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर एक हजार एक सय ७५ रुपैयाँमा झरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?