चौधरी ग्रुपको स्पष्टोक्ति

Read Time = 2 mins

काठमाडौं । चौधरी ग्रुपले बजेट निर्माणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको छ । बुधबार चौधरी गु्रपका निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत् यस्तो दाबी गर्नुभएको हो ।

उहाँले बजेट निर्माण प्रक्रियामा आफ्नो कम्पनीको कुनै चासो र सरोकार नरहेको जिकिर गर्दै आफूहरूलाई लगाइएको आरोपअनुसार चौधरी ग्रुपको कहीँ-कतै संलग्नता पुष्टि भए कारबाही भोग्न तयार रहेको उल्लेख गर्नुभएको छ । चौधरी ग्रुपको संलग्नता पुष्टि नभएमा मिथ्या आरोप लगाउनेहरू कारबाही भोग्नका लागि तयारी अवस्थामा बस्नसमेत उहाँले चेतावनी दिनुभएको छ ।

बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेट तयार पारेको भन्दै चौतर्फी आलोचना भएको छ । कतिपयले चौधरी ग्रुपको नामसमेत जोडेर आलोचना गरेका छन् ।

अर्थमन्त्री शर्माले पूर्वकर्मचारी तथा हाल चौधरी ग्रुपमा आबद्ध कर्मचारीलाई बजेट निर्माणमा सहभागी बनाएको सार्वजनिक भएपछि चौधरी ग्रुपको उक्त भनाइ आएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?