माइडियाका नयाँ वासिङ मेसिन

Read Time = 2 mins

काठमाडौं । माइडिया ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपले लन्ड्री विभाजनअन्तर्गत आठ केजी र नौ केजी क्षमताका दुईवटा वाई–फाई सिरिजका दुई वासिङ मेसिन ल्याएको छ । माइडिया ब्याक्टेरिया हटाउन सक्ने उत्पादन विकासमा केन्द्रित छ । उल्लेखित मोडल चन्द्रमाको महिमा र शुद्धताबाट प्रेरित भएर, लुनार डायललाई मुख्य तत्वको रूपको शैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार परम्परागतभन्दा फरक लुनार डायलले प्रयोगकर्ता अनुभवका लागि स्क्रिन डिस्प्ले र डायल प्रकार्य एकीकृत गर्छ ।
डिजाइनका अतिरिक्त लुनार सिरिजले स्टिम केयरसहितको स्वास्थ्य-केन्द्रित विशेषता पनि समावेश गरेको छ । लुनार सिरिजमा माइडियाको इन्भर्टर काट्रो मोटर रहेको छ, जसले ७० प्रतिशतसम्म ऊर्जा बचत गर्नुका साथै अन्य मोटरको तुलनामा १०.४ प्रतिशत कम आवाज उत्पादन गर्छ । माइडियाले मोटरमा १० वर्षको वारेन्टीसहित वासिङ मेसिनमा एक वर्षको बृहत् वारेन्टी (बाहिरी स्टिल विवरण, शीर्ष ढक्कन, फिल्टर, पाइपबाहेक) प्रदान गर्दै आएकोे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?