यस्तो छ तपाईंको असार २३ गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल असार २३ गते बिहीबार, ई.सं.-७ जुलाई, २०२२ । तिथि- आषाढ शुक्लपक्ष अष्टमी, नक्षत्र- हस्त, ८ः२० बजे उप्रान्त चित्रा, योग- परिघ, ७ः३९ बजे उप्रान्त शिव, करण- वव, चन्द्रराशि- कन्या, सूर्योदयः ५ः१५, सूर्यास्तः १९ः०१ ।

मेष : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।

वृष : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मिथुन : आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।

कर्कट : स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह : अतिथिका रूपमा सम्मान पाइनेछ ।

कन्या : पराक्रम र उत्साहमा कमी आउने छ ।

तुला : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

वृश्चिक : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

धनु : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।

मकर : आँटेताकेका काममा बाधा हुनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मीन : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?