विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मकवानपुर, सिरहा र बाँकेबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका-२ भैसेबाट करिब ६ किलो गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका-४ झ्याङे बस्ने २४ वर्षीय विजय लामा छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चुनियाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा २९ प ३०४४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी चालक विजयलाई पक्राउ गरेको हो ।

सिरहाको गोलबजार नगरपालिका-७ पुरानो चोहर्वाबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । उनीहरुबाट प्रहरीले ६ सय नियन्त्रित लागूऔषध नाइट्राजेपाम र करिब १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका-१० बस्ने २५ वर्षीय नरेश कुमार महतो र सोही ठाउँ बस्ने १९ वर्षीय रुपेश कुमार यादव रहेका छन् ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-११ त्रिभुवन चोक बस्ने ४० वर्षीय रियाज राई छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?