रेणुकाको उपचारमा कमी हुन नदिने खेलकुद मन्त्री गहतराजको प्रतिबद्धता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

१९औं एसियाली खेलकुद प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहीबार बिहान बीएण्डबी अस्पताल पुगेका मन्त्री गहतराजले पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।

प्रशिक्षणका क्रममा दुःखद् घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताउनुभयो । यस्तै, उहाँले घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत जनाउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी रेणुकाको क्यारिकलबोन (ब्युटी बोन) भाँच्चिएको थियो । रेणुकाको मंगलबार साँझ शल्यक्रिया भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?