पछिल्लो चौबिस घण्टामा थपिए कोरोनाका ७८ जना नयाँ संक्रमित

Read Time = 1 min

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ ।

कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परिक्षण गर्दा ७८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयले बितेको चौबिस घण्टामा २ हजार १३१ जनाको एन्टीजेन र १ हजार ३८४ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरेको थियो ।

हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा २३ जना संक्रमित निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?