-प्रकाश न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीमा ३ लाख ५६ हजार ५ सय मुल्य बराबरको अबैध चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधवार सरावल गाउँपालिका वडा नं ७ बरगदवा स्थित छड्के चेकजाँच गर्ने क्रममा भारतबाट अबैधरुपमा ल्याउँदै गरेको ६० बोरा चिनी सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
चिनी ट्याक्टरमा लोड गरी ल्याउँदै गर्दा सशस्त्र प्रहरीको गस्ती टोली देखेर गाडी छोडी भागेका थिए । चिनीको बिल बिजक नभेटिएपछि नियन्त्रणमा लिएको र आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीको सूचना अधिकारी रोशन घिमिरेले बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका