प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न ६ प्रदेशका गृहमन्त्रीको माग

Read Time = 4 mins
A A- A+

-पुरन साह

जनकपुरधाम । नेपालका सबै प्रदेशका आन्तिरक मामिला मन्त्रीहरु अगामी साउन महिना भित्र प्रहरी समायोजन गरि प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने निश्कर्षमा पुगेका छन् । नेपालका सातवटै मध्ये कर्णालीका आन्तिरक मामिला मन्त्री बाहेक छ प्रदेशका मन्त्रीहरुको जनकपुरधाममा भएको अन्तर प्रदेश अनुभव आदान प्रदान तथा छलफल कार्यक्रमबाट प्रदेश प्रहरी कार्यान्वयन गर्ने सम्बन्धमा प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनलाई आधार लिई संघीय सरकारले अगामी साउन मसान्त भित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने सहमती भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सहित छ प्रदेशका गृहमन्त्रीले जारी गरेको संयुक्त घोषणा पत्रको पहिलो बुँदामै सो कुरा उल्लेख छ । यती मात्र होइन यो विषय साउन भित्र सम्बोधन नभए त्यसपछि प्रदेश प्रमुख मार्फत संघिय सरकारलाई ध्यानाकर्षण गराउने र संघिय सरकार विरुद्व सबै प्रदेशका गृहमन्त्रीले धर्ना र शान्ति पुर्ण सडक प्रदर्शन सहितको आन्दोलनहरु सुरु गर्ने सम्मको चेतावनी दिइएको छ ।

संविधान र संघियता कार्यान्वयको विषयमा संघिय सरकारबाट भइरहेको ढिलाई र लापरवाही अव मान्य नहुने उहाँहरुको संकेत थियो । घोषणा पत्रमा प्रमुख जिल्ला अधिकारीहरुलाई प्रदेश मातहत ल्याउनुपर्ने, प्रदेशका सरकारी वकिल कार्यालयहरु प्रदेशको मुख्य न्यायधिवक्ता मातहत ल्याउनु पर्ने, उपत्यकाको तिनवटै जिल्लाको प्रहरी निकाय संघ सरकार मातहत रहने प्रस्तावित प्रहरी ऐन संसोधन कार्य संविधानको अनुसुचि ६ विपरित रहेकाले सबै जिल्लाको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकार मातहत हुनुपर्ने सहितका मांगहरु उल्लेख छ ।

साथै विपद व्यवस्थापन र भुमि व्यवस्थापन सम्बन्धी सम्पूर्ण अधिकार प्रदेशलाई हुनुपर्ने, वन ऐन तथा नियमावलीमा भएको प्रदेश क्षेत्राधिकार हस्तक्षेपका प्रावधानहरु हटनुपर्ने, प्रदेशको प्रमुख सचिव तथा सचिवहरु प्रदेशको आफनै नियमावली अनुसार ल्याउन पाउनुपर्ने सहितको ७ बुँदे जनकपुरधाम घोषणा पत्र जारी गरिएको छ । घोषणा पत्र सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा उपस्थित मधेशका मुख्यमन्त्री लालबाबु राउतले संविधानले प्रत्योजित गरेको अधिकार स्थानिय र प्रदेश सरकारले पाउनुपर्नेमा कुनै अवरोध हुन नहुने बताउनु भयो ।

कार्यक्रममा मधेश प्रदेशकी गृह तथा सञ्चार राज्यमन्त्री रुबि कर्ण, प्रदेशका विपक्षी दलका नेता लोसपाका जितेन्द्र सोनल, सत्ताधारी मुख्य घटक कांग्रेसका नेता तथा भौतीक पुर्वाधार विकास मन्त्री रामसरोज यादव सहितको उपस्थिती थियो । सो अवसरमा मधेश प्रदेश सरकारले आगन्तुक अन्य प्रदेशका मन्त्रीहरुलाई श्री जानकी मन्दिर, धनुषाधाम, गंगाआरती सहितको धार्मिक भ्रमण र अवलोकन गर्नुभएको थियोे सम्मान र जानकी मन्दिरको प्रतिमा उपहार दिदै बिदाई गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?