एसियन प्यासिफिक र टिम किरण फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसियन प्यासिफक र टिम किरण ऋत एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा फाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको सेमिफाइनलमा एसिया प्यासिफिकले बलर्स एकेडेमीलाई ६-४ ले पराजित गर्‍यो । अर्को सेमिफाइनलमा टिम किरणले हिमालयन गल्र्सलाई ८-४ ले हरायो ।

ब्वाइजमा आयोजक ऋत, न्यु जेनिथ ‘बी’ र एन्जल्स हार्ट ‘ए’ सेमिफाइनलमा पुगे । ऋतले स्किब्सलाई ५-४, न्यु जेनिथ ‘बी’ ले एन्जल्स हार्ट ‘बी’ लाई ८-६ तथा एन्जल्स हार्ट ‘ए’ ले इन्साइट भिजन ‘बी’ लाई ६-५ ले पाखा लगाए ।

सेमिफाइनलमा ऋतको भेट न्यु जेनिथ ‘बी’ सँग हुनेछ । एन्जल्स हार्ट ‘ए’ ले इन्साइट भिजन ‘ए’ र न्यु जेनिथ ‘ए’ बीचको विजेतासँग खेल्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?